
जुम्ला - तेह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल तल–माथि भइरहेको छ, बोल्न सक्ने अवस्थामा छैनन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार केसी हातखुट्टासमेत चलाउन नसक्ने अवस्थामा पुगेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।