३० असार २०८३, मंगलबार

विश्वविजेता टीमकै गोलकीपरले प्रायः जित्छन् गोल्डेन ग्लोभ्स

विश्वविजेता टीमकै गोलकीपरले प्रायः जित्छन् गोल्डेन ग्लोभ्स

काठमाडौं – फूटबल विश्वकप आइतवार फ्रान्स र क्रोएसियाबीचको फाइनलसँगै समाप्त हुन लागेको छ । विश्वकपमा अनेकौं कीर्तिमान तोडिए तर केही कुरा चाहिँ बदलिएनन् ।

गोल्डेन बूटका प्रबल दाबेदार ह्यारी केनको टीम इंग्ल्यान्ड सेमिफाइनलबाटै बाहिरियो । बीस विश्वकपमा पाँचचोटि मात्र सबभन्दा बढी गोल गर्ने फूटबलरको टीम च्याम्पियन बनेको छ । 

गोल्डेन बलको दौडमा क्रोएसियाका लुका मोड्रिच र फ्रान्सका किलियन एम्बाप्पे छन् । 

गोलकीपरहरूमा चाहिँ फ्रान्सका ह्युगो लोरिस र क्रोएसियाका डेनियल सुबासिच गोल्डेन ग्लोभ्सका दाबेदार छन् । दशवटा विश्वविजेता टोलीका खेलाडीले मात्र गोल्डेन ग्लोभ्स जितेका छन् ।

पछिल्ला पाँच विश्वकपमा विजेता टोलीका खेलाडीले गोल्डेन बल पाएका छैनन् । तीमध्ये चारचोटि फाइनलमा अनि एकचोटि सेमिफाइनलमा गोल्डेन बल विजेता हारेको छ । 

अन्तिमपटक सन् १९९४ मा ब्राजिलका रोमारियोले यो पुरस्कार पाएका थिए र उनको टीमले फाइनल जितेको थियो । 

उता पछिल्ला पाँच विश्वकपमा गोल्डेन ग्लोभ्स पाउने खेलाडीको टोली विश्वविजेता बनेको छ । सन् २००२ मा जर्मनीका ओलिभर कानले गोल्डेन ग्लोभ्स पाएपनि उनको टोली फाइनलमा हारेको थियो । 

सन् २००२ मा रोनाल्डोले आठ गोल गरेर गोल्डेन बूट जित्दा उनको टोली ब्राजिल विश्वविजेता बनेको थियो । त्यसपछि गोल्डेन बूट पाउने खेलाडीहरूको टोली च्याम्पियन बन्न सकेनन् । 

विश्वकपमा बेस्ट प्लेयर अवार्डलाई सन् १९८२ देखि गोल्डेन बल भन्न थालियो । सबभन्दा उत्कृष्ट गोलकीपरलाई सन् १९९४ देखि अवार्ड दिन थालिएको हो । त्यसको नाम यासिन अवार्ड थियो तर सन् २०१० देखि गोल्डेन ग्लोभ्स भन्न थालियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्