३१ जेठ २०८३, आइतबार

क्रोएशियाका यी कप्तान जसले बारुदी सुरुङमा फूटबल सिके

क्रोएशियाका यी कप्तान जसले बारुदी सुरुङमा फूटबल सिके

जब उनी ६ वर्षका थिए तब उनको हजुरबुवालाई गोली हानिएको थियो । 

उनको परिवार युद्ध क्षेत्र मा शरणार्थी थियो । उनी ग्रिनेडको विस्फोटका बीच ठूलो भए । उनका कोच भन्छन् कि उ फूटबल खेल्नका लागि निकै कमजोर थिए । त्यही मोड्रिचले आफ्नो देश क्रोएशियालाई पहलो पटक फूटबलको विश्व कपको फाइनलमा पुर्‍याए । 

वर्ल्ड कप को फाइनल मा क्रोएशिया पहिलो पटक पुगेपछि मस्कोको लुजनिकी स्टेडियमको  बाहिर उनका एक प्रशंसक सँग मेक्सिकन पत्रकारले कुराकानी गरे । 

जब ती फूटबल प्रशंसकसँग फ्रान्ससँगको फाइनलबारे सोधियो तब उनी चिन्तित थिएनन् । उनी त आफ्नो देश फाइनलमा पुगेको विश्वास नै गर्न सकिरहेका थिएनन् । 

ती प्रशंसकले भने,‘तपाइँ लुका मोड्रिचलाई चिन्नुहुन्छ ?उनी बारुदी सुरुङ्गमा फुटबल खेलेर हुर्किएका हुन् । उनी जस्तै हामी पनि बिल्कुल डराएका छैनौं ।’

१७ वर्षका यी प्रशंसक ९० को दशकमा  आफ्नो देश को जन्म को कहानि सुनकर ठूला भएका हुन् । 
तर उनकी प्रतिक्रिया मा एक कल्पना छ । तर यो वास्तविकता भन्दा निकै टाँढा पनि छैन । 

मोड्रिच ति केही युवा मध्ये हुन् जो क्रोएशियाली फूटबलको स्वर्णिम कहानी लेखिरहेका छन् । 

उनी र उनको टीमका केही खेलाडीले आफ्नो बाल्यकालमा रग्ताम्मे संघर्ष र १९९१ मा युगोस्लावियाको पतन पनि देखे । 

स्लोवेनिया र क्रोएशिया को एकतरर्फी स्वतन्त्रताको घोषणापछि यूगोस्लावियाली सेनाको रग्त प्रतिक्रिया भएको थियो । 

विस्थापन र निर्वासन

त्यस बीचमा पूरै  इलाकामा फैलिएको सांप्रदायिक हिंसा को कारण उनको टीमका एक अन्य साथी वेद्रन कोर्लुका ९टीमका सबैभन्दा प्रसिद्ध खेलाडी मध्येका एक० लाई पनि क्रोएशिया मा एक शरणार्थी को  रूपमा बस्न बाध्य पारिएको थियो । 

कयौंलाई देश छोड्न परेको थियो । जस्ता कि इवान राकिटिच को मामलामा भएको थियो । उनी आफ्नो परिवार सँग स्विट्जरल्याण्डमा गएर बसेका थिए । 

क्रोएशिया का लागि खेल्नुभन्दा पहिला बार्सिलोनाका यी स्टार फुटबलर स्विटजरल्याण्डका लागि जुनियर टिममा प्रतिनिधित्व गरिसकेका थिए । द प्लेयर ट्रिब्यून मा छापिएको एक लेखमा मोड्रिचले लेखेका छन्,‘बाल्कनमा के भइरहेको छ बाल्यकालमा यो बुझ्न मुस्किल थियो ।’

उनले भने,‘मेरा माता(पिताले कहिल्ये म र मेरो भाइस युद्ध का बारे मा कुरा गरेनन् ।

आफ्नो  बचपनमा विस्थापित एक अर्का खेलाडी हुन् मारियो मान्जुकिज जसको  निर्णायक गोल को सहयोगमा इग्ल्याण्ड विरद्ध सेमिफाइनलमा क्रोएशिया विजयी भएको थियो । 

उनी जर्मनी मा आफ्नो परिवारसँग ठूला भएका थिए । 

तर मोड्रिचले आफ्नो देशमा नै रहनु पर्‍यो । 

भलै उनले प्रतिद्वन्दीको रुपमा बारुदी सुरुङको सामना गर्न परेन तर सर्बियाली सेना को बमबारी समाप्त भएपछि उनले जेडारको सडकमा खेल्नु परेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्