२८ असार २०८३, आइतबार

नयाँशक्तिमा द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग

नयाँशक्तिमा द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग

काठमाडौं – नयाँशक्ति पार्टी नेपालले सहिद तथा बेपत्ता योद्धा परिवार, घाइते÷अपाङ्ग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभागको गठन गरेको छ ।

राजु नेपालीको संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय विभागमा कल्पना सुवेदी (सिन्धुली), विरबहादुर तामाङ (धादिङ), दिपक वाग्ले (गोर्खा),  दुर्गाप्रसाद भुसाल (नवलपुर), शारदा घिमिरे (कपिलवस्तु), अमर वली (रुकुम), सिता भण्डारी (कञ्चनपुर) र विभागका कानूनी सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद शर्मा (वाग्लुङ) रहेका छन् ।

बैठकले देशव्यापी रुपमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्गको तथ्याङ्क संकलन गरी अभिलेख तयार गर्ने, उनीहरूको लागि बेग्लै परिचयपत्र बनाई परिचयपत्रका आधारमा स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत क्षेत्रमा विशेष छुट, सेवा, सहुलियत र आरक्षण उपलब्ध गराउन राज्यसँग माग गर्ने निर्णय गरेको छ । 

अदालतमा चलिरहेका र विचाराधीन अवस्थाका जनयुद्धकालीन घटना र मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याई बृहत् शान्ति सम्झौताको मूल मर्म र संक्रमणकालीन न्यायको मान्य सिद्धान्त बमोजिम टुंग्याउन सरकारलाई दबाब दिने लगायतका अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

देशैभरका सहिद, बेपत्ता, घाइते, अपाङ्ग र तिनका परिवारलाई सचेत र संगठित गर्दै अगाडि बढ्न ७ वटै प्रदेश र प्रवासमा समेत सहिद, बेपत्ता, घाइते, अपाङ्ग समाज गठन गर्ने कार्ययोजना तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्