२२ जेठ २०८३, शुक्रबार

यी २० वर्षे युवतीको सम्पत्ति ९० करोड डलर, दिँदैछिन् जुकरबर्गलाई टक्कर

यी २० वर्षे युवतीको सम्पत्ति ९० करोड डलर, दिँदैछिन् जुकरबर्गलाई टक्कर

काठमाडौं – तेईस वर्षको उमेरमा आफ्नै बलबुतामा संसारकी सबभन्दा युवा अर्बपति बनेकी छन् काइली जेनर । फेसबूकका संस्थापक मार्क जुकरबर्गलाई प्रतिस्थापन गर्दै उनी सबभन्दा युवा अर्बपति बनेकी हुन् । 

कार्दाशियाँ परिवारकी सदस्य तथा रियालिटी टीभी स्टार जेनरको कमाइ ९० करोड डलर छ । फोर्ब्स पत्रिकाले याृ आँकडा सार्वजनिक गरेको हो । 

काइली एक सफल व्यापारी हुन् । उनी काइली कस्मेटिक्स नामक मेकअप कम्पनी चलाउँछिन् । फोर्ब्सका अनुसार, उनले दुई वर्षअघि मात्र कम्पनी चलाउन थालेकी हुन् । 

उनले जम्मा तीन हजार रुपैयाँको लिप किटका साथ व्यापार शुरू गरेकी थिइन् । फोर्ब्सका अनुसार, अहिलेसम्म काइलीले ६३ करोड रुपैयाँभन्दा बढीको सामान बेचिसकेका छन् । फोर्ब्सले काइलीको कम्पनीको मूल्य ८० करोड डलर
निर्धारण गरेको छ । 

फोर्ब्सका अनुसार, काइलीले आफ्नो कम्पनी र टीभी कार्यक्रम, ब्रान्ड इन्डोर्समेन्ट र आफ्टर ट्याक्स डिभिडेन्डबाट ९० करोड डलर कमाएकी हुन् । अर्को वर्ष उनले सबभन्दा युवा अर्बपति मार्क जुकरबर्गलाई उछिन्ने फोर्ब्सले अनुमान गरेको छ । 

काइली अर्को महिना २१ वर्षकी हुनेछिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्