
काठमाडौं, ४ फागुन — स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तोकिएको समयमै गर्नको लागि मुख्य तीन दलका नेता सहमत भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको समेत उपस्थिती रहेको थियो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउलाले तोकिएको समयमै स्ववियु निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । फागून १४ गतेका लागि स्ववियु निर्वाचन तोकिएको छ ।