
अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले विश्वमै विवादास्पद अभिव्यक्ति दिने राष्ट्रपतिको रुपमा चिनिएका छन्। ट्रम्पले अमेरिकामा बस्ने आप्रवासीहरुलाई देश निकाला गर्ने मात्र नभइ मुस्लिम राष्ट्रका वासीहरुलाई भिसा प्रवेशमा रोक, महान्याधिवक्ता बर्खास्त, मेक्सिकोको सीमामा पर्खाल लगाउने लगायतका गैर जिम्मेवारी आदेश दिएर चर्चामा छन्। उनीसँगै उनकी धर्मपत्नी मेलानिया ट्रम्प पनि जल्दबल्दो हस्ती नै हुन्।
मेलिनियाको जीवनसँग जोडिएका केही रोचक प्रसँगहरु
मेलानिया एक मोडल ट्रम्की पत्नी मेलानिया एक सुन्दरी मोडेल पनि हुन। उनले ५ वर्षकै उमेरदेखि नै मोडलिङ सुरुवात गरेकी हुन्। मोडलिङ करियरमा उनले धेरै प्रतिष्ठित व्यक्तिहरुसँग आफ्नो पहिचान स्थापित गराइसकेकी छिन्। यसका साथै ठूला म्यागजिन तथा ब्राण्डको लागि पनि मोडलिङको अनुभव मेलिनासँग छ।
अर्किटेक्ट डिजाइनमा पढाई मेलानियाले स्लोभेनियाको युनिभर्सिटी अफ एलजुलजानाबाट अर्किटेक्ट डिजाइनमा पढाई पूरा गरेकी छिन्। त्यसकारण उनको रुची सधैं डिजाइनमै रहने गरेको छ।

डोनाल्ड ट्रम्पसँग पहिलो भेट
सन् १९९८ मा मेलानियाले आफ्ना केहीसाथीसँग न्यूयोर्क फेशन वीकको एउटा पार्टीमा रमाइलो गरिरहेकी थिइन् त्यहीबेला डोनाल्ड ट्रम्पसँग पहिलो पटक भेट भएको थियो। तर डोनाल्ड ट्रम्प आफ्नो गर्लफ्रेन्डसँग डेटिङ गरिरहेका थिए। ट्रम्पले आफ्नो नम्बर नदिए पनि मेलानियाले भने उसको नम्बर लिएकी थिइन्। पछि विस्तारै कुरा चल्दै जाँदा डोनाल्ड मेलानियाको मायाजालमा फस्दै गए र सँगै डेटिङ गर्न थाले।
मेलानिया र ट्रम्पको महँगो विवाह
मेलानिया र डोनाल्ड ट्रम्पले २२ जनवरी सन् २००५ मा फ्लोरिडाको पाल्मबिचमा भव्यताका साथ विवाह गरेका थिए। जुन धेरै महँगो विवाह थियो। उनीहरुको विवाहमा करीब २ लाख डलर खर्च भएको थियो। विवाहमा मगाइएको केक करीब ५ फिट र २ सय पाउण्ड तौलको रहेको थियो। साथै चर्चित हस्तीहरुले विवाह समारोहमा भाग लिएका थिए। उनीहरुको पुरै वैवाहिक खर्चमा करीब एक मिलियन डलर सकिएको थियो।

डिग्री डिजाइनको व्यवहारमा उपयोग
मेलानियाले युनिभर्सिटीबाट डिजाइनिङ विषयमा डिग्री गरेर त्यतिकै छाडिनन्। बरु उनले आफूले सिकेका सीपलाई व्यवहारमा समेत उतारेर देखाइन्। उनले डोनाल्ड ट्रम्पको धेरै सम्पत्तिको डिजाइन गरेकी छन्। उनले गरेको डिजाइनले धेरै नै उत्कृष्ट र नाफा भएको थियो।
एउटा आत्मीया आमा
मेलानिया एउटी कुशल एवं आत्मीय आमा पनि हुन। आफ्नो छोरा ब्यारोनको उसले आफैले हेरचार गर्छिन। छोरालाई आफैले स्कूल पुर्याउने र ल्याउने गरेकी छन्। ट्रम्प बाहिर भएको बेला उनी आफैले छोराको हेरचाह गर्न घरमा बस्ने गर्छिन्। ट्रम्प टावरमा छोराको छुट्टै फ्लोर मेलानियाले आफ्नो छोराको लागि ट्रम्प टावरमा छोराको लागि छुट्टै फ्लोर बनाइ दिएकी छिन्।