१० असार २०८३, बुधबार

अन्कनाउँदै बुझे राउटेले स्थायी परिचयपत्र

असार ३१, २०७५
अन्कनाउँदै बुझे राउटेले स्थायी परिचयपत्र

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र पाएका छन् ।

दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आज शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो । उक्त परिचयपत्र वितरण गर्न सामाजिक सेवा केन्द्र सोसेकलेसमेत सहयोग गरेको थियो ।

राउटे समुदायले स्थायी परिचयपत्र पाएपछि अब सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । तर गाँउपालिकाले स्थायी परिचयपत्र वितरण गरेतापनि राउटेहरुले भने लिन अन्कनाई रहेका थिए ।

महामुखिया महिन बहादुर शाहीले आफूहरुलाई भत्ता भन्दा पनि खाद्यान्न आवश्यक रहेको बताए । उनले स्थायी परिचयपत्रले मात्रै आफूहरुको समस्या समाधान नहुने भन्दै बरु आफूहरुका जनता भोकै रहेको बताउँदै आफूहरुलाई सोही सहयोग गर्नुपर्ने बताए । स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ ।

‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेका हौं’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने, ‘यसका साथै अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरेका छौं ।’

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन विताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले फिरन्ते जाती राउटेको आफ्नै मौलिकता रहेको बताउँदै सोही मौलिकतालाई प्रवृद्धन गर्दै अघि बढन सके पर्यटकीय गन्तब्यको रुपमा राउटेका बस्तिहरु बनाउन सकिने बताईन । उनका अनुसार राउटे जातीको उत्थानका लागि मन्त्रालयले बजेटको व्यवस्तथापन गरिसकेको छ ।

शनिबार गुराँस गाउँपालिका–८ स्थित पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो । राउटे समूदायमा ४२ घरधुरी रहेकोमा गाउँपालिकाको तथ्यांक अनुसार १४९ जनसंख्या रहेको छ । मगन्ते बन्दै राउटे पहिले काठमा विभिन्न भाँडाहरु बनाएर जीविको पार्जन गर्ने राउटे समूदाय अहिले विस्तारै आधुनिकतातिर प्रवेश गर्न थालेको छ ।

राउटे समूदायले अहिले आधुनिकताका नाममा मदिरा, चुरोट, सुर्तीको माग गर्ने गरेका छन् । स्थानीय राकेश शर्माका अनुसार राउटे अहिले कुलतमा फसिसकेका छन । उनहरु विहानै मदिरामा झुम्म परेर बजारमा डुल्ने गरेका छन् । राउटे युवाहरुले आफ्ना पुर्खाहरुले सिकेको सीपलाई पनि विर्सदै गएकाले उनीहरुको कला र सीप समेत समाप्त हुने क्रममा रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्