१८ असार २०८३, बिहीबार

सामूहिक बलात्कार पछि महिलालाई मन्दिरमा लगेर जलाइयो

सामूहिक बलात्कार पछि महिलालाई मन्दिरमा लगेर जलाइयो

भारत– भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लामा एक महिलालाई सामूहिक बलात्कार पछि मन्दिरमा लगेर जलाइएको छ । ३५ वर्षकी ती महिलालाई ५ जनाले सामूहिक बलात्कार गरी मन्दिरमा लगेर जिउँदै जलाएका हुन् ।

टाइम्स आफÞ इंडियाका अनुसार महिलाका पतिले प्रहरीलाई खबर गरे पनि कुनै सहायता नपाएको आरोप लगाएका छन् । उनले दाबी गरेका छन्, ‘जलाउनुभन्दा केही मिनेट अघि उनकी पत्नीले प्रहरी हेल्पलाइनमा फोन गरेकी थिइन्, तर कुनै मद्दत मिल्न सकेन ।’

प्रहरीका अनुसार राजपुरा प्रहरीचौकी तर्फ आउने गाउँमा ती महिला सुति रहेकी थिइन् । पाँचजनाले उनकै घरमा पसेर पटकपटक बलात्कार गरेका थिए ।

महिलाका पतिले बताए अनुसार बलात्कारपछि महिलाले यसको जानकारी अफ्ना भाइलाई फोनबाट गराएकी थिइन् । भाइले प्रहरीलाई खबर गर्नु अगाबै ती बलात्कारीले महिलालाई लिएर गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्