१३ असार २०८३, शनिबार

पाकिस्तानमा नवाज शरीफलाई गरियो आतंकवादीलाई जस्तो व्यवहार (भिडियो)

पाकिस्तानमा नवाज शरीफलाई गरियो आतंकवादीलाई जस्तो व्यवहार (भिडियो)

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमले रावलपिण्डीमा कडा सुरक्षा व्यवस्था भएको अदियाला जेलमा पहिलो रात गुजारे ।

दोषी ठहरिएका दुवै भीआईपीलाई बी श्रेणीको सुविधा दिइयो । उनीहरूलाई लन्डनबाट लाहौर पुग्नेबित्तिकै हिरासतमा लिइयो । उनीहरू अबुधाबी हुँदै लाहौर आएका हुन् ।

राष्ट्रिय जवाफदेहिता ब्युरोका अधिकारीहरूले शरीफ र मरियमलाई एभेनफील्ड सम्पत्ति मुद्दामा पक्रेका हुन् । 

शनिवार उनीहरूलाई पक्राउ गरिँदा खिचिएको भिडियोमा प्लेनभित्रको उथलपुथल देख्न सकिन्छ । उनीहरूलाई पक्राउ गरिएको तरिका हेर्दा पाकिस्तान सरकारले कुनै आतंकवादीलाई पक्रेको जस्तो देखिन्छ । 

विमान अवतरण गर्नेबित्तिकै पाकिस्तान रेन्जर्स, संघीय अनुसन्धान नियोग र राष्ट्रिय जवाफदेहिता ब्युरोको टोली विमानमा घुसेर शरीफ र मरियमलाई हिरासतमा लिए ।

विमानभित्र तनावको वातावरण थियो र चारैतिर हतियारधारी जवानहरू देखिन्थे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्