१२ असार २०८३, शुक्रबार

प्रहरीका सईलाई ६० हजार रुपैयाँ घुस दिन खोज्दा...

प्रहरीका सईलाई ६० हजार रुपैयाँ घुस दिन खोज्दा...

काठमाडौं– शुक्रवार (२९ असार) अपराह्न, काठमाडौंको सामाखुसीमा २ जनाबीच झगडा भयो । दुई युवाको कुटपिट देखेपछि स्थानीयहरु जम्मा हुने नै भए । 

स्थानीयको भीडमा एकजनाले आफू प्रहरी भएको बताउँदै अर्का व्यक्तिमाथि कुटपिट गरिरहेका थिए । कुटपिट गर्ने व्यक्ति थिए ओखलढुङ्गाका विजय मगर । कुटाइ खाने व्यक्ति पनि ओखलढुङ्गाकै रिजन सुनुवार थिए । 

लागू औषध सेवनकर्ता र बिक्री समेत गर्ने रिजन र विजय दुवै सामान्य चिनजानका साथी हुन् । शुक्रवार आफूसँग लागू औषध नभएपछि विजयले रिजनसँग भएको लागू औषध खोस्नका लागि उनीमाथि आक्रमण गरेका थिए । 

उनीहरुबीच झगडा भएको केही समयमै महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुग्यो । भीडमा आफूलाई प्रहरी भनेर चिनाइरहेका विजय र रिजनलाई नियन्त्रणमा लिएर हिरासतमा राख्यो ।

अघिल्लो दिन (असार ३० गते) शनिवार परेकाले उनीहरुलाई आज (आइतवार) सार्वजनिक अपराधमा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लैजाने तयारी हुँदै थियो । 

दुवैजनालाई गाडीमा हाल्ने तयारी भइरहेका बेला विजयले महाराजगंज वृत्तका प्रहरी नायव निरीक्षक (सई) टेक बहादुर कुँवरको हातमा एउटा पोको थमाए । मिनरल वाटरको बोत्तलमा हुने प्लास्टिकले बेरिएको पोको खोलेर हेर्दा सई कुँवर आश्चर्यमा परे । 

पोकोमा १००० दरका ६० नोट थिए । 

सई कुँवरले पोको खोलेर हेर्दा विजयले विन्ती गरे, हजुर मेरो गल्ती भयो । यो लिनुहोस् । मलाई रिहा गरिदिनुहोस् । 

त्यसपछि सई कुँवर विजय र उनले दिएको नोट समातेर वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भेषराज रिजालको कोठामा पुगे । 

रिजालले उनले दिएको पैसा बरामद गरेर मुचुल्का बनाउन लगाए । विजय र रिजन दुवईलाई सार्वजनिक अपराधमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गराइसकिएको छ । 

विजयमाथि प्रहरी कर्मचारीलाई घुस रकम दिन खोजेको विषयमा थप अनुसन्धान गरी मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्