१२ असार २०८३, शुक्रबार

सर्वोच्च अदालतद्वारा दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला

सर्वोच्च अदालतद्वारा दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ । 

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो । 

अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेकोविरुद्धमा झाले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको थियो तर झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि अदालतले मुद्दा फिर्ता गर्ने फैसला सुनाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्