१० असार २०८३, बुधबार

डा. केसीको घाँटीमा संक्रमण

असार ३२, २०७५
डा. केसीको घाँटीमा संक्रमण

जुम्ला - १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ । उनको घाँटीमा समेत संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा समेत उनले औषधि लिन मानेका छैनन् । उनको नसा सुन्निएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशनस्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्