
काठमाडौं– स्पेनमा फूटबल खेलेर फर्किएका नेपाली किशोरीहरुले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका छन् ।
मुगुका १४ वर्ष मुनिका १७ किशोरीहरुसँग उपराष्ट्रपति पुनले आफ्नै निवास बहादुर भवनमा भेटेका हुन् । भेटमा किशोरीहरुले स्पेन फूटबल यात्राबारे बताएका थिए ।
किशोरीहरुको अनुभवलाई उपराष्ट्रपतिले निकै चासोपूर्वक सुनेका थिए । नेपालको झण्डा फहराएको मा पुनले किशोरीहरुलाई धन्यवाद दिएका थिए ।
जुलाई १ देखि ७ सम्म स्पेनमा भएको डोनोस्टिक कपमा सहभागी भएर मुगुका किशोरीहरु नेपाल फर्किएका हुन् ।