१७ असार २०८३, बुधबार

कांग्रेसको विरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

कांग्रेसको विरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं- पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश र माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने मागगर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सोमवार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकको शुरुमै सभामुखसंग समय लिएर नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा थप विसंगती निम्ताउने गरी माफीयाको प्रभावमा बढेर विधेयक ल्याउन लागेको आरोप लगाए ।

सरकारले समस्या बल्झाउने नियतबाट सरकारले संसदमा विधेय ल्याएको भन्दै उनले विधेयक परिमार्जन नगर्दासम्म संसद बैठक चल्न नदिने बताए ।

उनले सरकार तानाशाही र सर्वस्त्तावादी ढंगले अगाडि बढेको समेत आरोप लगाए । सभामुख कृष्णबहादुर महराले बैठक सुचारु गर्न पटक पटक आग्रह गरेपनि कांग्रेस सांसदहरु उठेर विरोध जनाइराखेपछि संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची थियो ।

salt training

कमेन्ट गर्नुहोस्