१५ असार २०८३, सोमबार

तोकिएको मितिमा स्ववियु निर्वाचन नभए भिसिको गाडी जलाउने विद्यार्थीको चेतावनी

कात्तिक २०, २०७४
तोकिएको मितिमा स्ववियु निर्वाचन नभए भिसिको गाडी जलाउने विद्यार्थीको चेतावनी
काठमाडौं, ४ फागुन- केन्द्रिय क्याम्पस किर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन । नेपाल विद्यार्थी संघ किर्तिपुरका नेता योगेन्द्र रावलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए।

उनले भने,‘त्रिभूवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विधार्थीहरूको हितकोलागि त्रिवि संम्वेदनशिल छैन्, चुनावलाई भाँड्नको लागि केही विद्यार्थी संगठनका साथीहरूले काम गरिरहनु भएको छ, यस कार्यको नेविसंघ भत्र्सना गर्दछ।’

त्यस्तै अखिल क्रान्तिकारी किर्तिपुरका सभापतिका उम्मेद्धार तिलक प्रसाद उपाध्यायले स्ववियू निर्वाचनमा पराजय हुने डरले अन्य विद्यार्थी संगठनहरू निवार्चनलाई असफल पार्नमा उद्त रहेको आरोप लगाए।

उनले भने,‘क्रान्तिकारीसँग डराएर निर्वाचन भाड्ने काम भईरहेको छ, हामी मैदानमा छौँ, तोकिएको मितिमा चुनाव हुनैपर्छ, संगठनहरूको नामावली टाँस्नको लागि त्रिवि डराईरहेको छ, प्रशासनले सुरक्षा दिन सक्दैन भने अखिल क्रान्तिकारी सुरक्षा दिन तयार छ, क्यापस प्रमुख ज्यूहरू तयार बन्नुस्, चुनाव सार्ने कुरा धेरै परको कुरा हो, एक घण्टा अबेर भएको देख्न नपरोस्, यदि यस्तो भएको खण्डमा उत्पन्न परिस्थितिको जिम्मा त्रिविले लिनुपर्नेछ।’

अनेरास्ववियुका नेता मंगल थापाले विगत आठ वर्षदेखि अबरुद्ध स्ववियू निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘तोकिएको समयमै निर्वाचन हुन्छ, हाम्रो केन्द्रिय संगठनले सबै क्यापसमा आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ, हामी निर्वाचनमा भाग लिन तयार छौँ, यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसिको गाडी जलोने छौँ।’

salt training

कमेन्ट गर्नुहोस्