२३ असार २०८३, मंगलबार

इभान्का ट्रम्पले क्यानाडाका प्रधानमन्त्रीलाई मायालु नजरले हेरिन्

कात्तिक २०, २०७४
इभान्का ट्रम्पले क्यानाडाका प्रधानमन्त्रीलाई मायालु नजरले हेरिन्
काठमाडौं, ४ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुदोलाई मायालु पाराले हेरेको तस्वीर भाइरल भइरहेको छ ।


कार्यक्षेत्रमा रहेका महिलासम्बन्धी राउन्डटेबल डिस्कसनमा खिचिएको तस्वीरले चर्चा बटुलेको हो । इभान्काले त्रुदोलाई अलि बढी नै मायालु पाराले हेरेको हो कि भनी मानिसहरूले अनुमान लगाएका छन् ।

त्रुदोलाई सामाजिक सञ्जालमा परीकथाका राजकुमार जस्तो रूपमा हेरिन्छ । त्यसैले उनलाई भेट्ने सबैजना उनको प्रेममा परेको अनुमान लगाइन्छ ।

त्रुदोले हालै ह्वाइट हाउसमा भ्रमण गरेकोमा रमाइला घटना भए । उनले ट्रम्पसँग हात मिलाएको अनि ह्वाइट हाउसका प्रेस सचिव सीन स्पाइसरले उनलाई जो त्रुदो भनेको कुरा खुबै चर्चित भयो ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्