०४ असार २०८३, बिहीबार

दक्षिण एशियाली सभामुख सम्मेलनमा भाग लिन सभामुख घर्ती भारत जाँदै

कात्तिक २०, २०७४
दक्षिण एशियाली सभामुख सम्मेलनमा भाग लिन सभामुख घर्ती भारत जाँदै

भारतमा शनिवारदेखि शुरु हुने दक्षिण एशियाली मुलुकका सभामुखहरुको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती शुक्रबार इन्दौर जाँदैछिन् ।

घर्ती शुक्रबार बिहान एयर इन्डियाको फ्लाइटबाट नयाँ दिल्ली हुँदै इन्दौर जाने कार्यक्रम रहेको छ । सभामुख भएपछि घर्तीको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

दीगो विकासको लक्ष्य प्राप्तीका बारेमा दक्षिण एशियाली मुलुकहरुको भुमिकाका बारेमा छलफल हुने सो सम्मेलनमा घर्तीले नेपालको प्रयास तथा उपलब्धिका बारेमा बोल्ने कार्यक्रम रहेको छ । भारतीय लोकसभा स्पिकर सुमित्रा महाजनको निमन्त्रणामा घर्ती सम्मेलनमा सहभागी हुनलागेकी हुन् ।

सम्मेलनमा बंगलादेश, श्रीलंका,म्यानमार,माल्द्धिभ्स,भुटान,अफगानिस्तान लगायतको मुलुकका सभामुखहरु सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै पछिल्लो समयमा भारत र पाकिस्तानबीचको तनावले दुइ मुलकबीच उत्पन्न तिक्तताका कारण पाकिस्तानका तर्फबाट भने सहभागिता नरहने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

तीन दिने सम्मेलनकालागि भारत आउन लागेकी घर्तीको आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको  छ । इण्डियन पार्लियामेन्टरी युनियन तथा पार्लियामेन्ट अफ इन्डियाको संयुक्त आयोजनामा हुन लागेको सम्मेलन तीन दिन सम्म चल्नेछ । यस अघि सन् २०१६मा सो सम्मेलन बंगलादेशले आयोजना गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्