१९ असार २०८३, शुक्रबार

डा. गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी

साउन ३, २०७५
डा. गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी

जुम्ला–जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं लैजान आएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गरेका छन् । 

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसीरहेका डा. केसीलाई काठमाडौं लैजान भन्दै सरकारले हेलिकप्टर पठाएको थियो । तर केसीका समर्थक, विद्यार्थी, नागरिक समाजले सरकारी टोलीलाई बाहिर नै रोकेको हो । केसीका समर्थक भर्‍याङमा रहेको गेट लगाएर उभिएका छन् । 

केसीलाई काठमाडौं लैजान कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बरालसहितको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो । तर अहिले टोली भित्र पस्न नपाएपछि बाहिर बसिरहेको कानून मन्त्री भण्डारीले बताए । 

डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाएका छन् । अभियान तुहाउनका लागि सरकारले गुण्डागर्दी सैलीमा आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप केसीले लगाए  । ‘मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन, गुन्डागर्दी चल्दैन’ डा. केसीले भने,‘ सरकार माफिया डन र अधिनायकवाद पोस्नतर्फ लागेको छ माफिया र डनहरुको हार हुन्छ जनताको जीत हुन्छ ।’

उनले आफ्नो स्वास्थ्यप्रति सरकार संवेदनशील भए आफ्ना सबै माग पूरा गर्न सरकारलाई माग गरे । ‘मेरो स्वास्थ्य प्रति सरकार धेरै चिन्तित, संवेदनशील छ भने मेरो माग पूरा गर्न लाग्नु पर्यो’ डा. केसीले भने,‘सबै माग पूरा गर्नुपर्छ त्यसपछि त म अनशन तोडिहाल्छु नि !’

salt training

कमेन्ट गर्नुहोस्