
सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पतालभित्र प्रवेश गरेको छ ।
डाक्टर केसीलाई पहरा दिएर बसेका विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी डा. केसी अनशन बसिरहेको स्थलमा प्रवेश गरेको हो।
केसीलाई हेलिकप्टरमा राखेर केहीबेरमा काठमाडौं लैजाने तयारी भइरहेको छ ।
आफूलाई पहरा दिएर बसेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेपछि डा. केसी काठमाडौं जान तयार भएका छन् । उनलाई केहीबेरमा हेलिकप्टरमा रखेर काठमाडौं लगिँदैछ ।
यसअघि डा. केसीले सरकारले आफूलाई अपहरण गर्न खोजेको आरोप लगाएका थिए ।
प्रहरीको लाठीचार्जबाट केसीका केही समर्थक घाइते भएका छन् ।