
काठमाडौं – अमेरिकाको साउथ डकोटामा एक आमाले आफ्नो दुई वर्षीय छोराको हत्या गरेकी छन् । ओछ्यानमा सुसु गरेपछि टेढा आँखा लगाएकाले आमाले हत्या गरेको खुलेको छ ।
कट्रिना शांग्रियुले आफ्नो छोरो काइलेनलाई पेटीले चुटिन्, पेट र टाउकोमा लात्ताले हिर्काइन् र धेरैचोटि टोकिन् ।
कट्रिनालाई ४० वर्षको कारावास सजाय दिइएको छ ।
यो घटना सन् २०१६ को जुलाई महिनामा भएको थियो ।
न्यायाधीश जेफ्री एल भाइकेनले त्यति सानो बालखले आफूलाई जोगाउन सक्ने स्थिति नरहेकाले यो बर्बर र जघन्य अपराध भएको बताए ।
बालककी काकी एन्जीले यो घटना नहुनुपर्थ्यो भनी फेसबूकमा लेखिन् ।
बालकलाई बचाउने प्रयास गरेका चिकित्सकहरूले उनको शरीरभरि टोकेको निशान पाइएको बताए । उनको शरीरको ७० प्रतिशत भाग नयाँ र पुरानो घाउले भरिएको उनीहरूले जानकारी दिए ।
काइलेनको टाउको पनि फुटेको र लिंग पनि च्यातिएको थियो । 
आक्रमण गर्दा कट्रिनाले रक्सी पिएकी थिइन् अनि आफूले छोरालाई निकै घाइते बनाएको थाहा पाएपछि मात्र आक्रमण रोकेकी थिइन् । उनी र उनकी आमाले काइलेन जमीनमा लडेपछि बल्ल सहायताको पुकारा गरेका थिए ।
एजेन्सी