१८ असार २०८३, बिहीबार

झण्डै डेढलाख घुस माग्दै गर्दा पक्राउ परेका इञ्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा

झण्डै डेढलाख घुस माग्दै गर्दा पक्राउ परेका इञ्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगकानुसार इन्जिनियर खनालले खानेपानी तथा सरसफाइसम्बन्धी कामको पहिलो किस्ताबापतको बिल भुक्तानी गर्ने क्रममा रु एक लाख ३० हजार घुस माग्दै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरिएको थियो । 

आयोगले इन्जिनियर खनालसँग बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्