०४ असार २०८३, बिहीबार

फेक रेस्क्युको नाममा ठगी धन्दा

साउन ४, २०७५
फेक रेस्क्युको नाममा ठगी धन्दा

काठमाडौ - पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बीमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ । 

लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्युको ठूलो धन्दा मार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको पाइएको हो । 

जसबाट आउने ठूलो रकम भागबन्डा गर्ने गरेका छन् । 

नेपालमा झन्डै २ लाख पर्यटकहरु पदयात्रामा आउने गरेका छन् । जसमा ५० हजारभन्दा बढी पर्यटक उच्च भागमा पदयात्राका लागि जाने गरेका छन् । 

नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनी सञ्चालनमा छन् । आजको कारोबार दैनिकमा समाचार छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्