०९ असार २०८३, मंगलबार

अस्पतालभित्र ताण्डव  नाच

साउन ४, २०७५
अस्पतालभित्र ताण्डव  नाच

 काठमाडौं–प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अनसनत डा गोविन्द केसीलाई जबरजस्ती राजधानी ल्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पसी जथाभावी गोली, अश्रुग्यास र लाठीचार्ज गरेर सरकारले नाङ्गो नाच देखाएको बताएका छन् । 

अहिलेसम्म अस्पतालभित्र यस्तो उदण्ड गतिविधि नभएको भन्दै कांग्रेस सभापति देउवाले यो घटनाको कडा शब्दमा भर्सना गरेका छन् । 
 केसीको माग पूरा गर्न अघिल्लो सरकारले अध्यादेशको रुपमा ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु नल्याएका कांग्रेसलाई मान्य नहुने भन्दै उनले सरकारको रवैयाविरुद्ध कडा संघर्ष गर्ने चेतावनी पनि दिएका छन् । 


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार नै एक विज्ञप्ति जारी गरी जुम्लामा भएको सरकारी दमन तथा संसद् छल्ने गरी बैठकलाई ८ दिन पर सारिएको विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको जनाएको छ । चिकित्सा शिक्षा सुधारका लागि नेपाली कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हस्ताक्षर गरेको विज्ञप्तमिा भनिएको छ– ‘डा।केसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठीचार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पु¥याउने जस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भत्र्सना गर्दछ ।’ नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्