०४ असार २०८३, बिहीबार

विमस्टेक  सम्मेलनमा यस्ताे गाडी प्रयाेग गर्ने तयारीमा सरकार

साउन ४, २०७५
विमस्टेक  सम्मेलनमा यस्ताे गाडी प्रयाेग गर्ने तयारीमा सरकार

काठमाडौं-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ ।

सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न सरकारी निकाय मातहतका सुविधा सम्पन्न गाडी प्रयोग गर्ने तयारी गरिएको हो । विमस्टेक राष्ट्रका विशिष्ट पाहुनालाई पूर्वराजा र राजपरिवारका सदस्यले विगतमा प्रयोग गरेका, परराष्ट्र र अन्य मन्त्रालय मातहतका ‘बुलेट फ्रुफ’ गाडी उपलब्ध गराउने तयारी अघि बढाइएको छ ।

शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागी हुने प्रचलन छ, चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो । नेपाल समाचार पत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्