२० असार २०८३, शनिबार

जुम्लामा गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

जुम्लामा गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

बाँके- जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ । 

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको थियो । 

घाइते उपाध्यायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । उहाँका अनुसार घाइते आचार्यलाई उपचारका लागि बिहीबार जुम्लाबाट नेपालगञ्ज ल्याइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्