काठमाडौं: नेपालका बालबालिकाका लागि आव्यक विभिन्न ११ प्रकारका खोपका लागि वार्षिक ३ अर्ब ३० करोड रुपैया खर्च हुने गरेको छ।
जन्मेदेखि एक वर्षसम्मका लागि करिब ६ लाख बालबालिकालाई लगाइने खोपका लागि यो रकम खर्च हुने गरेको छ। तर खोपमा हुने कुल खर्चमध्ये ७० प्रतिशत वैदेशिक सहयोगमै भर पर्नुपर्ने अवस्था रहेको समाचार आजको कारोबार दैनिकमा जुनु भट्टराईले लेख्नुभएको छ।
सरकारलाई हाल ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड एमिनाइजेशन (गाभी) को अन्दान प्राप्त छ। नेपालमा भने ३० प्रतिशत मात्रै खर्च व्योहोर्दै आइरहेको छ। खोपमा देखिएको परनिर्भरतालाई विस्तारै घटाउँदै लैजाने सरकारको लक्ष्य रहेको बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. विकास लामिछानेले बताए।