०५ असार २०८३, शुक्रबार

खाद्यान्‍न आयात ६ महिनामै बाहिरियो १९ अर्ब

कात्तिक २०, २०७४
 खाद्यान्‍न आयात ६ महिनामै बाहिरियो १९ अर्ब
काठमाडौं: यो वर्ष धान उत्पादन बढे पनि आयात भने घट्न सकेको छैन। नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य उत्पादनको आयात भने बढ्दै गएको छ।

पछिल्लो ५ महिनामा खाद्यान्‍नका लागि मुलुकबाट १९ अर्ब रुपैया बाहिरिएको तथ्यांक रहेको आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले समाचार लेख्‍नु भएको छ।

स्थानीय उत्पादनले माग धान्‍न नसक्दा खाद्यान्‍नका लागि ठूलो परिमाणमा रकम बाहिरिएको हो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङक अनुसार गत पुस महिनासम्‍म १९ अर्ब २४ करोड १० लाख २ हजार रुपैयाको खाद्यान्‍न आयात भएको हो।

salt training

कमेन्ट गर्नुहोस्