०५ असार २०८३, शुक्रबार

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । 

परिसरका प्रमुख विश्वराज पोखरेलले आज पत्रकार सम्मेलन गरी नक्कली सुनको नक्कली बिल बनाएर सक्कली भन्दै बेच्न हिँडेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । 

पक्राउ परेका राज लामाको यसअघि महानगरीय प्रहरी वृत्त बौद्ध र महाराजगञ्जमा ठगी मुद्दा चलेको र टासीलाक्पा शेर्पा कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेलजीवन बिताएको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्