१७ असार २०८३, बुधबार

डा. केसीसँग भेटेपछि देउवाले भने– बोल्न खोजेपनि सक्नुभएन

डा. केसीसँग भेटेपछि देउवाले भने– बोल्न खोजेपनि सक्नुभएन

काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनशनरत डा. गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । 

२१ दिन देखि अनशन बसिरहेका डा. केसीलाई विहीवार(हिजो) जुम्लाबाट काठमाडौं ल्याइएपछि देउवा केसीलाई भेट्न शुक्रवार(आज) अस्पताल पुगेका हुन् । 

अस्पताल पुगेका देउवाले डा. केसीको स्वास्थ्य अवस्था बारे जानकारी लिए । स्वास्थ्य अवस्था निकै कमजोर भएका कारण आफूसँग डा. केसीले बोल्न खोजेपनि बोल्न नसकेको देउवाले बताएका छन् । 

डा. केसीलाई भेटेपछि देउवाले भने–‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा.केसीको पछाडि हामी लाखौ छौ ।’

देउवाले डा. केसीसँग तत्काल वार्ता गरेर उनको माग सम्बोधन गर्दै जीवन बचाउन सरकारसँग माग गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्