०५ असार २०८३, शुक्रबार

सहरका लागि होइनन् टिपर

साउन ५, २०७५
सहरका लागि होइनन् टिपर

काठमाडौँ - मकवानपुरका २४ वर्षीय कान्छा लामा चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा वीरगन्ज–काठमाडौं सामान ओसार्ने ट्रकमा सहचालक थिए । लाइसेन्स पाएपछि उनले धादिङबाट काठमाडौंमा गिटी–बालुवा ओसार्ने टिपर चलाउन थाले । ट्रकभन्दा टिपर चलाउन सजिलो लागे पनि बाटामा मान्छे जोगाउन हम्मे पर्ने अनुभव कान्छाको छ ।

‘दुर्घटना हुन नदिन टिपरमा विशेषता नै कम छन्,’ उनी भन्छन्, ‘निकै अग्लो र चारैतिर खुला भएकाले टिपरमुनि स्कुटी र मोटरसाइकल सजिलै छिर्छन् ।’ ट्रकभन्दा टिपरमा कमाइ बढी छ । तर ठूलो सडकमा चलाउँदा जताबाट पनि मोटरसाइकल छिर्छ कि भन्ने पीरले टिपर चलाइरहने कि अरू नै गाडी चलाउने भन्ने दोधारमा पुगेको उनी बताउँछन् । कान्छाले अहिलेसम्म दुई पटक टिपर पल्टाए भने तीन पटक अन्य गाडीलाई ठक्कर हानिसके । ‘मैले मान्छे हानेको छैन,’ उनी भन्छन्, ‘साना गाडी र मोटरसाइकलको लापरबाहीमा समेत मान्छेहरू टिपरलाई नै गाली गर्छन् । हामी बदनाम भइयो ।’

२० वर्षको उमेरदेखि टिपर चलाएको र कमाइ अनि साहुको विश्वासका कारण कान्छालाई टिपर चलाउन छाडिहाल्न मन छैन । ‘६ सिलिन्डरको गाडी यति छोटो छ, यति अग्लोमा बसेर चलाउन पाइन्छ । सानो ठाउँमा पनि मोडिने, निकै छिटो भगाउन सकिने,’ उनले टिपरका विशेषता बताए ।

बीस वर्षदेखि टिपर र ट्रकको काम गरेका मेकानिक्स बसिरुद्दिन अन्सारी (रैना) भने टिपरका यिनै विशेषताका कारण सहरमा चलाउन नहुने बताउँछन् । भारतको आइचर र अशोक लेल्यान्डमा काम गरेर फर्केका रैना भन्छन्, ‘यो टिपर धेरै ट्राफिक चाप हुने स्थानमा चलाउने नै होइन । यसमा त्यो प्रकारको सुविधा पनि छैन । यसको साइडमा सेफ्टीगार्ड पनि छैन । यो गाडी खोला, गाउँ र कच्ची बाटाका लागि बनाइएको हो । मोटरसाइकल, स्कुटी चल्ने भीड ठाउँलाई बनाएकै होइन ।’ कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्