०४ असार २०८३, बिहीबार

इन्टरनेटको शुल्क समायोजन गरिने, सरकारले बनायो समिति

साउन ५, २०७५
इन्टरनेटको शुल्क समायोजन गरिने, सरकारले बनायो समिति

काठमाडौंँ–इन्टरनेट सेवामा उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजना गर्न सुझाव दिन सरकारले एक समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रको संयोजकत्वमा गठिन उक्त समितिले अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट व्याण्डवीथको मूल्य घटेको अबस्थामा उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य कसरी समायोजन गर्न सकिन्छ भन्ने विषयमा नीतिगत तथा कानुनी उपायको खोजी गरी सात दिन भित्र प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकलाले जानकारी दिनुभयो । ष्लतभचलभत)ज्ञ
इन्टरनेटको महसुल सम्बन्धमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूबीच छलफल भएको थियो । 
छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले आम उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य समायोजन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्