३१ जेठ २०८३, आइतबार

लन्डनका अस्पतालमा ड्रोनले पु–याउनेछ औषधि र रगत

लन्डनका अस्पतालमा ड्रोनले पु–याउनेछ औषधि र रगत

काठमाडौं – बेलायतका सरकारी अस्पतालहरूमा छिट्टै नै ड्रोनबाट औषधि र रगत पु–याउने सुविधा शुरू हुन लागेको छ । सरकारी प्रतिवृदनअनुसार, आगामी केही महिनामा नै त्यहाँका ३४ अस्पतालमा ड्रोनबाट रोगीहरूको परीक्षण प्रतिवेदन र औषधिहरू सजिलै पठाउन सकिनेछ । 

फ्लाइङ हाई – शेपिङ द फ्युचर अफ ड्रोन्स शीर्षकको प्रतिवेनदअनुसार, इन्जिनियरहरूको टोलीले यसको सबै तयारी पूरा गरिसकेको छ । साँघुरा गल्लीहरूबाट ड्रोन उडाउने योजना पनि तयार छ । दुई अस्पतालमा यो सेवा तत्कालै शुरू
गर्ने यस परियोजनामा जोडिएको संस्थाले जनाएको छ । 

रिपोर्टमा उल्लेख भएअनुसार, भविष्यमा यी ड्रोनहरूमार्फत प्रत्यारोपणका लागि अंग पनि पठाइनेछ । यी अंगहरूलाई सुरक्षित तरिकाले एकदमै कम समयमा एक ठाउँबाट अर्को ठाउँमा पठाइनेछ । 

यसका लागि अत्याधुनिक प्रविधियुक्त ड्रोन प्रयोग गरिनेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्