
काठमाडौं – फ्रान्सको ला पर्थुस गाउँमा पार्किङ मात्रबाट वार्षिक १० करोड रुपैयाँ कमाइ भइरहेको छ । गाउँमा जम्मा ५८६ मानिस छन् ।
अतिरिक्त आय भएपछि गाउँको लेखापरीक्षण कार्यालयले सम्पत्ति कर नतिरे हुने गाउँलेहरूलाई बताएको छ ।
तर स्थानीय प्रशासनले यसमा विमति जनाएको छ । उसका अनुसार, यसबाट विकासको काम प्रभावित हुन्छ ।
यो गाउँ स्पेनको सीमामा जोडिएका कारण यहाँ पार्किङबाट धेरै कमाइ हुन्छ । फ्रान्समा भन्दा स्पेनमा सामान सस्तो पाइन्छ । त्यसैले मानिसहरू सीमामा बनेको स्थानीय प्रशासनको पार्किङमा आफ्ना गाडी पार्क गरेर स्पेनमा सामान किन्न जान्छन् ।
नियमित रूपमा सामान किन्न स्पेन जाने व्यक्तिको वर्षमा लगभग डेढ लाख रुपैयाँ पार्किङ फीसमा खर्च हुन्छ । त्यति हुँदा पनि उसले स्पेनमा सामान किन्न नै सस्तो पर्छ । स्पेनमा रक्सी, चुरोट र पर्फ्युम लगायतका धेरै सामानमा फ्रान्सको भन्दा कम कर तिर्नुपर्छ ।
एजेन्सी