१३ असार २०८३, शनिबार

प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा कर्णालीका सैनिक कार्यालयको निरीक्षण

प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा कर्णालीका सैनिक कार्यालयको निरीक्षण

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार कर्णालीका विभिन्न सैनिक कार्यालयको निरीक्षण गरेका छन् ।

उनले कालिकोटस्थित रणशुर गुल्म, जाजरकोटस्थित ज्वालादल गण र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कूलको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले गण, गुल्म र शिक्षालयको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतबारे जानकारी लिएर आवश्यक निर्देशन दिएका छन् । निरीक्षण भ्रमण सकेर प्रधानसेनापति क्षत्री मंगलबारै काठमाडौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको सिलसिलामा उनले सोमबार बाँकेको नेपालगञ्जस्थित राँझामा बहालवाला तथा भूतपूर्व सैनिक र आश्रित परिवारको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमतायुक्त सैनिक अस्पतालको उद्घाटन गरेका थिए ।

उनले बाँकेमा तैनाथ श्रीमेहर गण, नम्बर ४ बाहिनी अड्डा र डोटी जिल्लास्थित सुदूरपश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्