०७ साउन २०८३, बिहीबार

पर्यटन व्यवसायी पोखरेल रहेनन्

पर्यटन व्यवसायी पोखरेल रहेनन्

काठमाडाैं– ख्यातिप्राप्त पर्यटन व्यवसायी टेकचन्द्र पोखरेलको निधन भएको छ । ८४ वर्षीय पोखरेलको हृदयाघातबाट सोमवार बिहान ॐ अस्पतालमा प्राण गएको जानकारी पारिवारिक स्रोतबाट प्राप्त भएको हो । निजको दाहसंस्कारको काम सोमवारै पशुपति आर्यघाटमा सम्पन्न भयो ।

२०२० को दशकमा पर्यटन क्षेत्रमा प्रवेश गरेका पोखरेल नेपाल पर्वतारोहण संघ, उध्दार संघ समेत कतिपय पर्यटनसम्बन्धी संस्थाको स्थापनामा संलग्न थिए । स्वर्गीय पोखरेलका छोरा अशोक पोखरेल हाल नेपाल एसोसिएसन अफ् टुर अपरेटर्स (नाटा) का अध्यक्ष छन् ।

टेकचन्द्र पोखरेलसित नेपालमा मेक्सिकोका अवैतनिक महावाणिज्यदूत भएर काम गरेको अनुभव पनि थियो ।

salt training

कमेन्ट गर्नुहोस्