०५ असार २०८३, शुक्रबार

काठमाडाैका सडकका खाल्डाखुल्डी पुर्न थालियो

साउन ९, २०७५
काठमाडाैका सडकका खाल्डाखुल्डी पुर्न थालियो

काठमाडौैँ सरकारले जनताको दैनिक जीवनसँग जोडिएका आम सरोकारका विषयमा ध्यान नदिएको गुनासा आई रहेका बेला सडकका खाल्डाखुल्डी पुर्न, बजार अनुगमन गर्न र कालोबजारी रोक्ने जस्ता विषयमा तत्काल काम थाल्न आइतबार निर्देशन दिएको र त्यसको केही परिणाम आउन थालेको छ । । 
सोही निर्देशनअनुरुप अहिले राजधानीका सडकहरूमा खाल्डाखुल्डी पुर्ने तथा फोहर तत्कालै उठाउने कुरामा काम शुरु भएको छ ।  प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको केन्द्रीय अनुगमन समितिको बैठकले जनसरोकारसँग जोडिएका विषयहरूलाई तुरुन्त सम्बोधन गर्न सात बुँदे निर्देशन दिएको थियो । साथै, सम्बन्धित मन्त्रालयलाई दिएका निर्देशनहरूको कार्यान्वयनसम्बन्धी प्रगतिको विवरण १५ दिनभित्र पठाउन निर्देशन दिएको छ । प्रगतिको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने छ । 
प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले विभिन्न मन्त्रालय र निकायलाई दिएका निर्देशनको प्रगतिको लिखित विवरण माग गरिएको बताए  । उनका अनुसार, सम्बन्धित मन्त्रालय र निकायले आफूले चालेका कदमबारे अहिले मौखिकरूपमा के प्रगति भएको छ भन्ने जानकारी दिन थालेका छन् । 
समितिले बजारमा अति आवश्यक उपभोग्य वस्तुहरूको आवश्यक मौज्दातको व्यवस्था सुदृढ बनाउन तथा गुणस्तरयुक्त उपभोग्य वस्तुको सहज र सर्वसुलभ आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्