११ असार २०८३, बिहीबार

तामाङको राजीनामापछि को बन्ला कानूनमन्त्री ?

तामाङको राजीनामापछि को बन्ला कानूनमन्त्री ?

काठमाडौं– शेरबहादुर तामाङले कानून न्याय तथा संसदीय मामिला मन्त्रीबाट राजीनामा दिएपछि कानून मन्त्रालयमा नयाँ मन्त्री को आउला भन्ने चासो शुरु भएको छ । यसअघि चर्चा चलेर पनि मन्त्री बन्न नपाएका योगेश भट्टराई, भानुभक्त ढकालदेखि प्रेमबहादुर आले र कृष्णभक्त पोखरेल सम्मको चर्चा चलेको छ । 

तत्कालीन नेकपा एमालेको प्रमुख सचेतकको समेत भूमिका निर्वाह गरिसकेका ढकाल मन्त्री बन्ने सम्भवना प्रवल रहेको नेकपा स्रोतले बतायो । मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सुनील शर्मालाई पराजित गरि मोरङबाट ढकाल प्रतिनिधि सभामा विजयी भएका थिए । 

चितवनबाट लगातार दुईपटक प्रत्यक्ष निर्वाचित पोखरेलको पनि मन्त्री बन्ने सम्भावना छ । उनले संसद नियमावली मस्यौदा समितिको संयोजक बनेर भूमिका देखाइसकेका छन् । कानून व्यबसायी समेत रहेका उनी तत्कालीन नेकपाको चितवन जिल्ला अध्यक्ष थिए । 

प्रदेश नम्बर ७ को तर्फबाट डोटीबाट प्रत्यक्ष निर्वाचित आले मन्त्री बन्ने सम्भावना रहेको नेकपा स्रोत बताउँछ । 

बंगलादेशमा एमबीबीएस अध्यनरत छात्राको विषयमा दिएको अभिव्यक्तिका कारण चौतर्फी आलोचना भएपछि तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्