×

NIC ASIA

डा. केसीसँग वार्ता : सरकारी टोली भन्छ– साढे १ बजे, केसी पक्षधर भन्छन्- बोलाएकै छैन !

साउन ९, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –सरकारी वार्ता टोलीले अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिसँग दिउँसो साढे १ बजे वार्ता गर्ने तयारी भइरहेको बताए पनि केसी पक्षधरले भने सरकारले आफूहरूलाई वार्ताका लागि नबोलाएको जिकिर गरेका छन् ।

Muktinath Bank

सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले अनशनरत चिकित्सक डा. गोविन्द केसीका मागका सम्बन्धमा आज दिउँसो साढे १ बजे वार्ता हुने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लोकान्तरसँग भने, ‘डा. केसी पक्षलाई हामीले मन्त्रालयमा साढे एकबजे वार्ताका लागि बोलाएका छौं । साढे एक बजेबाट नै आजको वार्ता हुन्छ ।’


Advertisment
Nabil box
Kumari

यता डा. केसी पक्षीय वार्ता टोलीले भने सरकारले अझैसम्म वार्ताका लागि नबोलाएको बताएको छ ।

Vianet communication

डा. केसी पक्षीय वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले हिजो बिहानमा पुनः वार्ता गर्ने भनिए पनि अहिलेसम्म वार्ताका लागि नबोलाइएको बताए ।

उनले लोकान्तरसँग भने– ‘आज डा. केसीले राख्नुभएको पहिलो नम्बरको बुँदाको मागको विषयमा सरकारले म्यान्डेटसहित आउने र वार्ता गर्ने  सहमति गर्दै हिजोको वार्ता स्थगित गरिएको थियो, तर हामीलाई अहिलेसम्म वार्ताका लागि बोलाइएको छैन ।’

यता सरकारी वार्ता टोलीका संयोजक बराल भने आफूहरूले केसीको वार्ता टोलीको संयोजकलाई नै जानकारी गराएको दाबी गर्छन् ।

केसीका प्रतिनिधिले बुधवार २२ बुँदे मागपत्र सरकारी टोलीलाई बुझाएका थिए । त्यसमा के–कति सम्बोधन गर्न सकिन्छ भन्नेमा सरकारी टोली म्याण्डेटसहित आउने सहमति गर्दै मंगलबारको वार्ता टुंगिएको थियो ।
सरकारी वार्ता टोलीले उक्त बुँदा प्रधानमन्त्रीसामु प्रस्तुत गरेपछि आजको वार्तामा बुँदागत छलफल हुने जनाइएको छ ।

डाक्टर केसीले अनशन शुरु गरेको आज २६ दिन भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x