०६ असार २०८३, शनिबार

सरकार र डा. केसीबीचको वार्ता शुरु, अनशन तोड्लान् ?

साउन ९, २०७५
सरकार र डा. केसीबीचको वार्ता शुरु, अनशन तोड्लान् ?

काठमाडौं– सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । 

बुधबार शिक्षा मन्त्रालयमा सरकारी टोली र डा. केसीका प्रतिनिधि मण्डलबीच वार्ता शुरु भएको हो । 

वार्ता टोलीमा शिक्षा सचिव खगराज बराल, सह सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सह सचिव गुणराज लोहनी उपस्थित भएका छन् ।

डा. केसीको तर्फबाट टोलीका संयोजक अभिषेक राज सिंह, डा. जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानून व्यवसायी सुरेन्द्र भण्डारी, डा. सुमित पाण्डे रहेका छन् । यसअघि सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गरेको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको थियो । 

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता तयारी गरिएको थियो । सरकारी वार्ता समितिले वार्ता सकारात्मक बन्दै गइरहेको बताए ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनमा छन् र उनको स्वास्थ्यस्थित खराब हुँदै गएको छ । वार्ता सकारात्मक भए आजै अनशन तोडिने सम्भावना रहेको वार्ता टोलीका एक सदस्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्