०५ साउन २०८३, मंगलबार

चितवनमा झडप–प्रहरीले गोली चलायो

चितवनमा झडप–प्रहरीले गोली चलायो

भरतपुर– भरतपुर महानगरपालिकाको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका अटो रिक्सा चालकको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । 

केन्द्रीय बस टर्मिनल चोकमा भएको रिक्सा चलकहरुको  आन्दोलनमा झडप उग्र भएपछि प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको छ । आन्दोलनकारीले एक मोटरसाइकलमा आगो लगाइदिएका थिए । चोकमा रहेको

प्रहरी बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । 

आन्दोलनका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । 

महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेपछि रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्