
काठमाडौं – बेलायतमा बस्ने पचहत्तर वर्षीय कोलिन मिचेलको घरमा प्रहरीले असार ३१ गते दिउँसो ३ बजे ढोका ढकढक्यायो । प्रहरीले उनको घरबाट वायु विसर्जन (पाद) को आवाज लगातार आइरहेको गुनासो छिमेकीले गरेको जानकारी दियो ।
हार्टफोर्डशायरमा रहेको घरमा कोलिनले आफ्ना चार पनातिमध्ये तीन वर्षीय चार्लीले फार्ट मशिन (पादको आवाज निकाल्ने यन्त्र) सँग खेलिरहेको प्रहरीलाई बताए ।
उनले भने, ‘प्रहरीको समय कस्तो नाश गरेको ? उनीहरूले सीमित बजेटमा धेरै काम गर्नुपर्ने हुन्छ । एक महिलाले मेरो घरबाट हिँडेपिच्छे आवाज सुनेको भनेर गुनासो गरिछन् । तर मेरो पनातिले मशिनबाट आवाज निकालेको हो ।’
मिचेलले छिमेकीहरूसँग २५ वर्षदेखि झगडा गर्दै आइरहेको खुलेको छ । प्रहरीले बतायो, ‘दुवै पक्षलाई संयम राख्नका लागि आग्रह गरिएको छ ।’
एजेन्सी