०६ असार २०८३, शनिबार

थाइल्यान्डको गुफाबाट उद्धार गरिएका किशोरहरूलाई मन्दिरमा शुद्धीकरण गरिँदै

थाइल्यान्डको गुफाबाट उद्धार गरिएका किशोरहरूलाई मन्दिरमा शुद्धीकरण गरिँदै

काठमाडौं – थाइल्यान्डको एक गुफाबाट उद्धार गरिएका १२ किशोर र उनका प्रशिक्षकलाई मन्दिरमा राखेर शुद्धीकरण गरिएको छ । एक इसाइ किशोरलाई छोडेर सबैको कपाल मुण्ड्याइएको छ । 

गुफामा फसेका किशोरहरूलाई नौ दिनसम्म शुद्धीकरण गरिने भएको छ । उनीहरूलाई बौद्ध दीक्षा दिइएको छ । शुद्धीकरणपछि किशोरहरूलाई शान्ति प्राप्त हुने बताइएको छ । उनीहरूले मन्दिरमा पूजापाठ गर्नेछन् । 

वाइल्ड बोअर्स नामक फूटबल खेलाडीको समूहले उत्तरी थाइल्यान्डको थाम लुआङ गुफामा जाँदा बाढीको पानी भरिएपछि त्यहीँ फस्नुपरेको थियो । उनीहरूलाई चार चारजनाको समूहमा बाहिर निकालिएको थियो । असार  २६ गते अन्तिम
चार किशोर र प्रशिक्षकलाई निकालिएपछि उद्धार अभियान सकिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्