०४ साउन २०८३, सोमबार

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट, भुटानी र तिब्बती शरणार्थीको व्यवस्थापनबारे चासो

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट, भुटानी र तिब्बती शरणार्थीको व्यवस्थापनबारे चासो

 काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । 

गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएिको थियो ।

केही दिनमा राजदुतको रुपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लागेकी राजदुत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरिन् । 

गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

पछिल्लो समय अमेरिका र उत्तर कोरीयाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै गृहमन्त्री बादलले यसबाट विश्व शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

राजदुत टेप्लिजले १३  दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरीका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताइन् ।

उनले आफ्नो कार्यकालमा नेपाल सरकार र गृहमन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा राजदुतले जिज्ञासा राखेकी थिइन् । 
जवाफमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए । 

भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत पनि कुरा भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्