२९ जेठ २०८३, शुक्रबार

डा. केसी जुनसुकै बेला अचेत हुन सक्ने

साउन १०, २०७५
डा. केसी जुनसुकै बेला अचेत हुन सक्ने

काठमाडौँ - डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् । ‘हामी उनको स्वास्थ्यबारे जानकारी दिन नियुक्त आधिकारिक व्यक्ति होइनौं तर २–३ दिनमा अनशन रोकिएन भने उहाँ कोल्याप्स हुने स्थितिमा पुग्न सक्नुहुन्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले  भने, ‘उहाँको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई हामीले जानकारी दिइसकेका छौं ।’

उनका अनुसार डा. केसीले उपचार गराउन अस्वीकार गर्दै आएका छन् । ६१ वर्षीय डा. केसीले १५ औं आमरण अनशन सुरु गरेको बुधबार २६ दिन पुगेको छ । ‘जुनसुकै बेला अचेत बन्न सक्ने अवस्था छ,’ ती चिकित्सकले भने, ‘यस्तो भयो भने भविष्यमा दु:खद स्थिति निम्तिन सक्छ ।’ प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताइन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्