०५ असार २०८३, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आज

काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको बारेमा आज संसदीय सुनुवाइ हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे बस्दै छ । 
प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध समितिमा पाँच उजुरी परेको छ । संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ । 

समितिमा प्राप्त उजुरीमा आधारित भइ लिखित प्रश्नावली तयार भएको हो । समितिका एक सदस्यका अनुसार उजुरी र अन्य जानकारीमा आएका विषय समेत हेरेर लिखित प्रश्नावली तयार पारिएको हो । 

धेरै प्रश्न जोशीले गरेको आदेशबारे बनेका छन् । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादसम्बन्धी आदेश, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग जोडिएका विषय प्रश्न बनेका छन् । 

यस्तै, छोराका विवाहमा भएको खर्चको हिसाबबारे पनि प्रश्न बनेको छ । एक उजुरीकर्ताले छोराको विवाहमा ९० लाख रुपियाँ खर्च गरेको र त्यसको भुक्तानी बैकिङ प्रणालीबाट नगरेको आरोप लगाएका छन् । 

यस्तै, सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएका आदेशबारे पनि प्रश्न तयार भएको छ । प्रधानमन्त्री निवास समेत जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ताको आदेश दिएको विषय पनि प्रश्न बनेको छ । अन्य केही मुद्दाका विषयमा प्रश्न तयार पारिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्