३० जेठ २०८३, शनिबार

बालुवाटार जान लागेको चिकित्सककाे र्‍यालीलाई प्रहरीले अस्पतालमै रोक्यो

बालुवाटार जान लागेको चिकित्सककाे र्‍यालीलाई प्रहरीले अस्पतालमै रोक्यो

काठमाडौं– अनशनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटार जान लागेको चिकित्सक र स्वास्थ्यकर्मीहरू सम्मिलित  र्‍यालीमा प्रहरीले अवरोध गरेको छ ।

अस्पतालबाट शुरु भएको  र्‍यालीलाई प्रहरीले मुल गेटमा नै रोकेको हो । डा. केसीका माग सम्बोधन गर्न माग गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडपसमेत भएको  छ ।

सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । ७ बुँदे माग राखेर डा. केसी २७ दिनदेखि अनसनमा छन् । 

सरकार र केसीपक्षबीच मंगलबार र बुधबार भएको वार्ता निष्कर्ष विहीन हुँदा वार्ता अन्योलमा परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्