२२ जेठ २०८३, शुक्रबार

दुई घन्टामा मार्क जुकरबर्गले गुमाए १६८ करोड डलर !

दुई घन्टामा मार्क जुकरबर्गले गुमाए १६८ करोड डलर !

काठमाडौं – लामो समयदेखि कन्टेन्ट पोलिसीमा विवाद उठेपछि फेसबूकलाई दोस्रो त्रैमासिकमा नोक्सानी बेहोर्नुपरेको छ । 

बुधवार फेसबूकले जानकारी दिएअनुसार दोस्रो त्रैमासिकमा बिक्री र प्रयोगकर्ता वृद्धिमा कमी आएको छ । यसले गर्दा यो वर्ष राम्रो प्रदर्शनको अपेक्षा छैन । 

फेसबूकका आर्थिक अधिकारी डेभिड वेनरले तेस्रो तथा चौथो त्रैमासिकमा नाफा घट्न सक्ने बताएका छन् । त्यसपछि फेसबूकको शेयर २४ प्रतिशतले घट्यो । शेयर घटेका कारण मार्क जुकरबर्गले दुई घन्टामा १६८ करोड डलर गुमाउनुप–यो । 

ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, जुकरबर्ग अर्बपतिको छैठौं स्थानमा झरेका छन् । यो वर्षको अन्त्यसम्ममा उनले १३७ करोड डलरको घाटा सहनुपर्ने देखिन्छ । 

फेसबूकले विरलै मात्र यस्तो नोक्सानी बेहोर्छ । अघिल्लोपटक सन् २०१५ मा फेसबूकले यस्तो नोक्सानी बेहोरेको थियो । 

फेसबूकले यो वर्ष डाटा प्राइभेसी, युरोपेली जटिल नियम तथा प्रयोगकर्ताको संख्यामा कमीका कारण बदनामी कमाउनुपरेको छ ।

यी समस्याहरूका कारण २.२३ अर्ब प्रयोगकर्ता भएको कम्पनीले कठिनाइ भोग्नुपरेको छ । फेसबूकका प्रयोग अहिले करोडको दरमा घटिरहेका छन् । 

गत जुन महिनामा उसका १४ सय ७० करोड दैनिक प्रयोगकर्ता थिए । 

सबै कुरा भएपनि फेसबूकले संसारभरिका प्रयोगकर्तामा पकड कायम राखेको छ । मोबाइल विज्ञापनमा पनि कम्पनी अरूभन्दा धेरै अगाडि छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्