२२ जेठ २०८३, शुक्रबार

इमरान खानको तेस्रो विवाह नै उनी प्रधानमन्त्री बन्न लाग्नुको कारण ?

इमरान खानको तेस्रो विवाह नै उनी प्रधानमन्त्री बन्न लाग्नुको कारण ?

काठमाडौं – इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्नै लागेका छन् र यसमा उनकी तेस्री पत्नीको पनि हात छ । 

यसै वर्ष उनले बुशरा मानेकासँग बिहे गरेका थिए र बिहेअघि नै आफू प्रधानमन्त्री हुने कुरा थाहा पाएका थिए । 

बुशरा खासमा इमरानकी पीर अर्थात् सन्त हुन् । इमरान राजनीतिदेखि निजी जीवनका सबै फैसला बुशराले भनेअनुसार नै गर्छन् । बुशराले इमरानलाई तेस्रो बिहे गरेमा मात्र पाकिस्तानको प्रधानमन्त्री बन्ने बताएकी थिइन् । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, इमरानले पहिलोपटक बुशरासँग पहिलोपटक सन् २०१५ मा भेटेका थिए अनि कुन सीटबाट उठ्दा आफ्ना उम्मेदवारले जित्छन् भनी सोधेका थिए । 

त्यतिखेर बुशराले इमरानको तहरीक–ए–इन्साफ पार्टीले जीत हासिल गर्ने बताएकी थिइन् र उनको भविष्यवाणी सही साबित भयो । 

त्यसपछि नै इमरान लगातार बुशरालाई भेट्न जान थाले । बुशराले त्यसपछि इमरानलाई तेस्रो बिहेपछि प्रधानमन्त्री बन्ने बताइन् । अनि इमरानले बुशरालाई नै बिहे गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्