
काठमाडौं – सामाजिक सञ्जाल ट्विटरले नीति परिवर्तन गर्न लागेको छ । अब ट्वीट र रिट्वीट अनि लाइक र फलोको सीमा निर्धारण गरिएको छ ।
नयाँ नीति भदौ २५ गतेदेखि लागू हुनेछ ।
फेक न्युज र हावादारी पोस्ट रोक्नका लागि ट्विटरले यो कदम उठाएको बताइएको छ ।
अब प्रयोगकर्ताले तीन घन्टामा जम्मा ३०० ट्वीट रिट्वीट गर्न पाउँछ ।
चौबीस घन्टामा हजार ट्वीटलाई मात्र लाइक गर्न पाइन्छ ।
चौबीस घन्टामा हजारभन्दा बढी मानिसलाई फलो गर्न पाइनेछैन ।
चौबीस घन्टामा १५ सय मानिसलाई मात्र मेसेज पठाउन पाइनेछ ।
यसले सामान्य प्रयोगकर्तालाई खासै फरक पार्दैन । दिनदिनै लाखौं फलोअर बढाउने सेलेब्रिटीहरूलाई चाहिँ यसले फरक पार्छ । उनीहरूको ट्वीट पनि धेरै रिट्वीट नहुने देखिएको छ ।
एजेन्सी